Menu Close

बासुदेव राई र सुनिता थेगिमको स्वरमा ‘औँठी हातैमा’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । शिबसंगम राईको संगीत,लोक प्रिय गायक बासुदेव राई र मिठो स्वरकी धनी गायिका सुनिता थेगिमको आवाजमा ‘औँठी हातैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा बासुदेव राईको शब्द,शिबसंगम राईको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक बासुदेव राई र मिठो स्वरकी धनी गायिका सुनिता थेगिमको स्वर रहेको छ। गीतलाई सुन्दर लामाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

प्रियजन राईको निर्देशन दिपेश एस के (शक्ती) को कोरीयोग्राफर रहेको उक्त भिडियोमा अमर धिमाल /कबिया लिम्बु / मनिष घिमिरे/पुस्पा तामांग / रिया बि.क./अलिशा घिमिरेको अभिनय देख्न सकिन्छ। मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन,कलर गरेका हुन् । ‘औँठी हातैमा’ म्यूजिक भिडियो Basudev Rai Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *