Menu Close

खेम सेन्चुरी र सुनिता बुढा छेत्रीको सुमधुर स्वरमा “गार्हो हुन्छ नी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। ऋषि खड्काको शब्द/संगीत,खेम सेन्चुरी र सुनिता बुढा छेत्रीको स्वरमा “गार्हो हुन्छ नी” सार्वजनिक भएको छ।

ऋषि खड्काको शब्द,संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्रीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुनिल बि.क.को कथा/निर्देशन रहेको उक्त भिडियोमा ऋषि खड्का र जुन गुरुङको अभिनय रहेको छ। बुद्द थापाले छायाँङ्कन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,मिलन बिश्वकर्माले कलर गरेका हुन् । ऋषि खड्काको प्रस्तुती रहेको “गार्हो हुन्छ नी” म्यूजिक भिडियो Rishi Khadka अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.