Menu Close

नारायण रसाइलीको शब्द,किरण गजमेरको स्वरमा “तिम्रो मेरो सम्बन्धको” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नारायण रसाइलीको शब्द,अर्जुन पोखरेलको संगीत,किरण गजमेरको स्वरमा “तिम्रो मेरो सम्बन्धको” सार्वजनिक भएको छ।

नारायण रसाइलीको शब्द,अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक किरण गजमेरको सुमधुर स्वर रहेको छ। ए पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई अर्जुन पोखरेलले संगीत संयोजन र साजन शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

केशब राज भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा गौरव मगर र सोफी धरेलको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन,प्रविन ढकालले कलर गरेका हुन् । नारायण रसाइलीको प्रस्तुती र तारा लोहनी रसाइली निर्माता रहेको “तिम्रो मेरो सम्बन्धको” म्यूजिक भिडियो Narayan Rasaily Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.