काठमाडौं। मेलिना राई र सि.डी. विजय अधिकारीको सुमधुर आवाजमा “गालै बम पाउरोटी” सार्वजनिक भएको छ ।
क्षितिज सापकोटाको शब्द,सि.डी. विजय अधिकारीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेलिना राई र लोक प्रिय गायक सि.डी.विजय अधिकारीको सुमधुर स्वर रहेको छ। किङ्ग/साजन डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर खत्रीले संगीत संयोजन र साजन शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सन्तोष राजबाहकको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुधिर श्रेष्ठ/समिया कार्की/सि.डी.विजय अधिकारी र मिशेल घिमिरेको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन्। क्षितिज सापकोटाको प्रस्तुती रहेको “गालै बम पाउरोटी” म्यूजिक भिडियो Kshitiz Sapkota Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :