काठमाडौं। रन्जिता बिश्वकर्माको सुमधुर आवाजमा “माया गर्ने मुटु” सार्वजनिक (भिडियो सहित)
मित्र के.सी.को शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रन्जिता बिश्वकर्माको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
नारायण मगरको कथा/निर्देशन रहेको उक्त भिडियोमा कमल सिंह ऐरी/योगिता दाहाल र कस्मिन ऐरीको अभिनय रहेको छ। रंजित श्रेठले छायाँङ्कन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन/राज धामीले कलर गरेका हुन्। मित्र के.सी.को प्रस्तुती रहेको “माया गर्ने मुटु” म्यूजिक भिडियो Sherrima Films युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :