Menu Close

चितवनमा डिएसपी थापासहित ८ प्रहरीमा कोरोना पुष्टि

Share

चितवन । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको प्रहरी उपरीक्षक नान्तिराज गुरूङले बताए।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *