Menu Close

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

Share

१३ पुस, काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो  र उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।

तर उनीहरुलाई नयाँ  प्रजातीको कोरोना भएको भन्न नमिल्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेले बताए । उनका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्छ ।

‘जिन सिक्विनिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस भएको भन्न मिल्दैन’ डाक्टर पाण्डेले भने,  ‘तर बेलायतबाट आएकाहरु अथवा उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोनाको लक्षण देखिए भने सचेत रहनुपर्छ ।’

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *