काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले मिना बर्तौलाको तीज गीत “ए दिदी भिनाजु खै” सार्वजनिक भएको छ ।
राजन राज शिवाकोटीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शशिका राई र लोक प्रिय गायक राजन राज शिवाकोटीको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई देबेश राईले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
दिलिप समानको निर्देशन,रोजी कार्कीको कोरियोग्राफी रहेको उक्त भिडियोमा राजनराज शिवाकोटी,मिना बर्तौला,भिमार्जुन ओली,शिव रिमाल,समिप न्यौपाने,गीता थापा,शृष्टि उग्रकोटी,खेम नेपाली,सुनिल न्यौपाने र सुनिल बुढाथोकीको अभिनय रहेको छ। बिशाल थापाले छायाँङ्कन गरेको भिडियोलाई नकुल खड्काले सम्पादन,कलर गरेका हुन् । मिना बर्तौलाको प्रस्तुती रहेको “ए दिदी भिनाजु खै” म्यूजिक भिडियो Samip Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :