Menu Close

सन्तोष जंग थापाको ‘थाहा छैन’सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सन्तोष जंग थापाको शब्द लोक प्रिय गायक रोशन राईको आवाजमा ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सन्तोष जंग थापाको शब्द र आशिक राईको संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक रोशन राईको स्वर रहेको छ । एक्शन स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोबिन्दा सोनीले मिक्क्ष मास्टरिङ्ग गरेका हुन् र संगीत संयोजन के बी भण्डारीले गरेका हुन्।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

आशिक राईको निर्देशन रहेको उक्त भिडियोमा प्रदीप राज ओन्त / मुना राई / तम्पशेर राई /रन्जु राई / सन्तोष जंग थापाको अभियनय देख्न सकिन्छ । रामकृष्ण चौलागाईंले छायांकन गरेको भिडियोलाई जोन राईले सम्पादन/कलर गरेका हुन् । सन्तोष जंग थापाको प्रस्तुति रहेको ‘थाहा छैन’ म्यूजिक भिडियो Sadbhab TV नेपाल अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *