काठमाडौं । लोक प्रिय गायक कन्हैया सिंहको शब्द / आवाजमा र सन्तोष श्रेष्ठको संगीतमा ‘जुन गीत सुनेर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा कन्हैया सिंहको शब्द सन्तोष श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक कन्हैया सिंहको स्वर रहेको छ । अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई अमुल कार्की धलीले संगीत संयोजन र प्रकाश मिश्रले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
हेम पर्बाश अधिकारीको निर्देशन रहेको उक्त भिडियोमा अन्जु सुनार / कन्हैया सिंह / सन्तोष श्रेष्ठ / हेमा श्रेष्ठको अभियनय देख्न सकिन्छ। अजय रेग्मीले छायांकन भिडियोलाई टेकेन्द्र शाहले सम्पादन / कलर गरेका हुन् । ‘जुन गीत सुनेर’ म्यूजिक भिडियो Music Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :