काठमाडौं । सज्जन धामीको शब्द संगीत सौगात मिश्र र एलीना चौहानको आवाजमा ‘मलाई जिऊन तिमी चाहिन्छ’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सज्जन धामीको शब्द संगीत रहेको छ। उक्त गीतमा गायक सौगात मिश्र र मिठो स्वरकी धनी एलीना चौहानको स्वर रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
प्रथम छेत्रीको निर्देशन रहेको उक्त भिडियोमा सौगात मिश्र /अनिशा सुबेदी / सुष्मिता धिताल / बिष्णु अर्याल / सबिता अर्यालको अभियनय देख्न सकिन्छ। दिनेश पराजुलीले छायांकन भिडियोलाई शिलन लम्सालले सम्पादन / कलर गरेका हुन् । ‘मलाई जिऊन तिमी चाहिन्छ’ म्यूजिक भिडियो Sajjan Dhami अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :