Menu Close

जनक न्यौपानेको संगीत एलीना चौहानको आवाजमा ‘नलाउनु थियो माया’ (भिडियोसहित)

Share

काठमाडौं । जनक न्यौपानेको संगीत र एलीना चौहानको आवाज स्वयंम आफै एलीना चौहानको अभिनयमा ‘नलाउनु थियो माया’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सगर चौधरीको शब्द जनक न्यौपानेको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी एलीना चौहानको स्वर रहेको छ । मुर्चुङ्गा स्टुडियोमा रेकर्ड गरेको गीतलाई संजय श्रीपालले संगीत संयोजन र कुमार रानाले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

टेकेन्द्र शाहको निर्देशन/ सम्पादन / कलर रहेको उक्त भिडियोमा एलीना चौहानको अभियनय देख्न सकिन्छ। भिडियोलाई राज पोखरेलले छायांकन गरेका हुन् । ‘नलाउनु थियो माया’ म्यूजिक भिडियो Saanvi Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *