Menu Close

शान्ति श्री परियार र सुबाश गुरुङ (गणेश)को सुमधुर आवाजमा “माछी बस्यो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। शिव कनौजे मगरको शब्द/संगीतमा “माछी बस्यो” सार्वजनिक भएको छ ।

शिव कनौजे मगरको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ति श्री परियार र लोक प्रिय गायक सुबाश गुरुङ (गणेश)को सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई शिव कनौजे मगरले संगीत संयोजन र श्यामस्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रकाश भट्टको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा जुना गुरुङ र सुबाश गुरुङ (गणेश)को अभिनय रहेको छ। करण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन्। श्याम मल्ल निर्माता रहेको “माछी बस्यो” म्यूजिक भिडियो Subash Gurung Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *