काठमाडौं । लोक प्रिय गायक महेश काफ्ले र मिठो स्वरकी धनी मेलिना राईको आवाजमा माया बिरानी -२ ‘तातो गोली’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा महेश काफ्लेको शब्द / संगीत / रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक महेश काफ्ले र मिठो स्वरकी धनी मेलिना राईको स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्क्ष मास्टरिङ्ग र उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
आसिम शाहको निर्देशन प्रविन सिंह कोरीयोग्राफर रहेको उक्त भिडियोमा निश्चल बस्नेत / स्वस्तिमा खड्का / पुस्कर गुरुङ / महेश काफ्लेको अभियनय देख्न सकिन्छ । हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । माया बिरानी -२ ‘तातो गोली’ म्यूजिक भिडियो G21 Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :