Menu Close

भिम खड्का र आयुष्मा कार्कीले किन मृत्यु लाई रोजे (भिडियो सहित)

Share

काठमाडौं । लोक प्रिय गायक तेज सागर र सबैको लोक प्रिय गायिका तुलसी घर्ती मगरको आवाज भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा ‘बगर भयो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ।

भनिन्छ प्रेम एक पुजा हो , सच्चा र उत्कृष्ट प्रेम ले जिवनलाई सहि मार्ग प्रदान गर्दछ , तर यहाँ २१ औं शताब्दीमा पनि किन माया प्रेममा जात र भातको कुरा आउँछ , जातभात कै कारण किन यो पापी समाजले मायामा परेका जोडिहरु लाई मर्न बाध्य बनाउछ, आखिर रगत सबैको रातै हुन्छ , यस्तै एक प्रेम कथामा आधारित गीत हो “बगर भयो जिन्दगी ” ।

जिबनमा अनेक सपनाहरू बाेकेर माया लगाईन्छ , आकाश छुने सपना देखिन्छ तर हाम्रो समाजले जातकाे प्रश्न खडा गरिदिन्छ । जहाँ आफ्नै खुसिले चल्न र बाच्न पाइन्छ , मायामा मर्नु पर्छ । बगर भयाे जिन्दगी गीतमा माया धोका पाएपछि आशुकाे खाेला बनेका छन् , जिन्दगी पानी बिनाको माछा जस्तो भएको कुरालाई खुलासा गरिएको छ ।

उक्त मार्मिक गीतमा शब्द तेज सागरकाे रहेको छ भने संगीत खेम सेन्चुरीकाे रहेको छ । तेज सागर भट्टराई र तुलसी घर्ती मगरको समधुर आवाजमा गीत अझै मनमाेहक बनेको छ । माला श्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।

उक्त गीतको म्युजिक भिडियोमा भिम खड्का / आयुष्मा कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियो देवेन्द्र कुवर निर्देशन रहेको छ भने प्रकाश खड्काकाे छायांकन रहेको छ । भिडियोलाई सम्पादन / रङ्ग / संयोजन लक्ष्यण चौहानले सम्पादन गरेका हुन् । ‘बगर भयो जिन्दगी’ म्यूजिक भिडियो S3K Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *