तिमी फुल हौ,मेहफिलमा आज, तातो रगत अझै छ, जीबन यस्तै यस्तै चल्दै छ जस्ता चर्चित गीतका सर्जन गीतकार दिपक बस्नेतको अर्को नया सिर्जना सेवा नै धर्म हो सार्वजनिक भयको छ।
हाम्रो समाजमा जातीय विभेदका विभिन्न आधारहरु छन् । जन्मको आधारमा गरिने विभेद , वंशको आधारमा गरिने विभेद , वर्णको आधारमा, आँखाको रंग, छालाको रंग, कपालको रंगको आधारमा गरिने विभेद आदि । तर यस्ता विभेदमात्रै नभएर संस्कृति, पहिचान, भाषा, धर्म आदिको आधारमा पनि जातीय विभेद हुने गरेको छ । बस्नेतको उक्त गीतमा यस्तै खालका विभेदका बारेमा देखाइएको छ । गीतमा सेवानै धर्म हो , जातजाति छुवाछूत ठुलो भर्म हो भन्ने कुरा छर्लङ्ग पारिएकाे छ ।
मानिसलेनै बनाएका मुर्तिहरु महल मन्दिरमा सजिन्छन् , बनाएका सामानहरु भित्रीन्छन् तर सामान भित्र हुदा मानिस अझैसम्म बाहिरनै छन् । यस्तो गलत हाे र अन्त्य हुन जरुरी छ । समान रुपले हिड्न पाउने मानवअधिकारको हकमा यो कुरा आउँछ । उक्त मार्मिक गीतमा शब्द दिपक बस्नेतकाे रहेको छ भने संगीत बलराम समालकाे रहेको छ । दुर्गा परियार , बलराम समाल र लाेकेन्द्र कार्कीको समधुर आवाजमा गीत अझै मनमाेहक बनेको छ ।
भिडियो सहित