Menu Close

कार्की जीको शब्द/संगीत शिव परियारको आवाजमा ‘धोकेबाज’मेल भर्सन ट्रेन्डिङ म्युजिकको एक नम्बरमा

Share

काठमाडौं । नेपालीहरुको मन जित्न सफल,अत्यन्तै चर्चित गायक शिव परियारको आवाजमा ‘धोकेबाज’ बोलको गीत मेल भर्सनमा सार्वजनिक भएको छ । गायक परियारले यो अघिनै नेपाली संगीत क्षेत्रमा तहल्का मचाई सकेका छन् । उनले फेवातालैमा साइली,आशुको अर्थ,क्या दामी भो,आफ्नो जिन्दगी आफै लाई आदि जस्ता दर्जनौ गितहरुमा आवाज दिएका छन् ।

धोकेबाज गीतमा शब्द र संगीत सुबाश कार्की (कार्की जी) को रहेको छ । उनले धोका दियौ, रुदा रुदै आदि जस्ता चर्चित गितहरुमा शब्द तथा संगीत रहेको छ । उनी संगीत क्षेत्रका निकै सफल र चर्चित संगीतकार हुन् । उनको शब्द रहेको धोकेबाज गीतले धेरैको स्रोताहरुको मन जित्न सफल भएको छ ।

गीतमा जुनी भरिलाई रूहाई गयौ तिमी,धोकेबाज हौ तिमी भन्दै आफ्नो प्रेमिकालाई भनिएको छ । प्रत्येक शब्द शब्द मार्मिक रहेका छन् । प्रेमिकाले छोडेपछि प्रेमी बिगतलाई सम्जिदै रोएका छन् । म्युजिक भिडियो मार्फत पराइको साथमा प्रेमिका गएपनि आफु भने यादमै भएको कुरालाई देखाउन खोजिएको छ ।

म्युजिक भिडियोलाई बिक्रम चौहान निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ । उक्त म्युजिक भिडियोमा बिक्रम बुढाथोकी,अधिनायक मान शेरचन र स्मारिका ढकालको अभिनय रहेको छ । गितको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् भने मिक्सिङ / मास्टरिङमा कुमार राना रहेका छन्। गीतको रेकर्डिङ स्टुडियो भने मारुनी डिजिटल रहेको छ । धोकेबाज अडियो / भिडियोको प्रोडुसर भने रम्कांत न्यौपाने रहेका छन् । त्येस्तै प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन र कलर गरेका हुन् । धोकेबाज गित अहिले एक नम्बर चर्चामा आएको छ भने NAMASTE PLUSH अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *