Menu Close

इभाना तामाङको स्वर भरत,मेनुका र माया बि.सी.को अभिनयमा ‘मनको चाबी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । मिठो स्वरकी धनी नव गायिका इभाना तामाङको आवाज भरत भुल,मेनुका ढकाल र माया बि.सी.को अभिनयमा ‘मनको चाबी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा एस.के.तामाङको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी नव गायिका इभाना तामाङको स्वर रहेको छ। गीतलाई काठमाडौँ डिजिटल स्टुडियोमा रेकर्ड गरेको हो ।

अनिश अर्यालको निर्देशन रहेको उक्त भिडियोमा भरत भुल,मेनुका ढकाल र माया बि.सी.को अभिनय देख्न सकिन्छ। राजेन्द्र थापाले छायांकन गरेको भिडियोलाई एम के बाबु मगरले सम्पादन,कलर गरेका हुन् । ‘मनको चाबी’ म्यूजिक भिडियो Nepco Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.