Menu Close

आरुषी मगर/बिनोद तामाङ/अमर सिंह थापाको अभिनयमा कौराह गीत ‘साली भेना’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका देवी घर्ती र लोक प्रिय गायक अमर सिंह थापाको आवाज आरुषी मगर / बिनोद तामाङ / अमर सिंह थापाको अभिनयमा कौराह गीत ‘साली भेना’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा अमर सिंह थापाको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका देवी घर्ती र लोक प्रिय गायक अमर सिंह थापाको स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ / मास्टरिङ र बिष्णु तामाङको संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा आरुषी मगर / बिनोद तामाङ / अमर सिंह थापाको अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । यस अडियो / भिडीयोका निर्माता निर कुमार मगर रहेका छन्। एन्जिला फिल्मस प्रा.लि.को प्रस्तुति रहेको कौराहा गीत ‘साली भेना’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *