काठमाडौं । बसन्त लिम्बुको शब्द,मिठो स्वरकी धनी गायिका जुनी खालिंग राई र लोक प्रिय गायक कृष्णभक्त राईको आवाजमा ‘देउमाई तरुला’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा बसन्त लिम्बुको शब्द,कृष्ण कुमार राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका जुनी खालिंग राई र लोक प्रिय गायक कृष्णभक्त राईको स्वर रहेको छ। सेवा इन्टरटेन्मेंट रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई मुस्कान मुकरुंगले मिक्सिङ / मास्टरिङ र कृष्णभक्त राईको संगीत संयोजन रहेको छ भने पदम राजन मगरले रेकर्ड गरेका हुन्।
सेवा इन्टरटेन्मेंटको निर्माण तथा दृश्य सम्पादन रहेको उक्त भिडियोलाई योगेन मुकरुंगले छायांकन गरेका हुन् । ‘देउमाई तरुला’ म्यूजिक भिडियो juni khaling Rai Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :