काठमाडौं । मिठो स्वरकी धनी गायिका स्वस्तिका ढकाल र लोक प्रिय गायक समिर आचार्यको आवाज सागर लम्साल ‘बले’ र प्रिन्सी / प्रिज्मा खतिवडाको अभिनयमा ‘चक्लेटी स्याउ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा दिनेश राज पुरीको शब्द,अर्जुन पोखरेलको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका स्वस्तिका ढकाल र लोक प्रिय गायक समिर आचार्यको स्वर रहेको छ।प्रिज्मा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
शान थापाको निर्देशन राजिब समरको कोरियोग्राफर रहेको उक्त भिडियोमा सागर लम्साल ‘बले’ र प्रिन्सी / प्रिज्मा खतिवडाको अभिनय देख्न सकिन्छ। हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन,कलर गरेका हुन् । यस अडियो / भिडीयोका निर्माता मनोज बस्नेत रहेका छन्। ‘चकलेटी स्याउ’ म्यूजिक भिडियो 8K Everest Motion Pictures अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :