काठमाडौं । खेम सारु मगरको संगीत,नब गायिका सारा पौडेलको आवाजमा ‘एउटै थियो हाम्रो कथा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सारा पौडेलको शब्द,खेम सारु मगरको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी नब गायिका सारा पौडेलको स्वर रहेको छ। अलंगकर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।
एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा सारा पौडेलको अभिनय देख्न सकिन्छ। एम.के.बाबु मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । (एउटै थियो हाम्रो कथा) ‘EUTAI THIYO HAMRO KATHA’ म्यूजिक भिडियो Digital Creation Media अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :