Menu Close

तयाहंग्मा राईको आवाज,मिरुना मगरको अभिनयमा ‘हिमाली शिरमा‘ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । टिका चामलिंगको शब्द,तयाहंग्मा राईको आवाजमा ‘हिमाली शिरमा‘ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा टिका चामलिंगको शब्द,बिकाश चौधरीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी गायिका तयाहंग्मा राईको स्वर रहेको छ। मिरा साउन्ड डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रुपम गुरुङले संगीत संयोजन र बिक्रम कार्कीले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

कमल राईको निर्देशन,सुमित गुरुङको कोरीयोग्राफर रहेको उक्त भिडियोमा मिरुना मगरको अभिनय देख्न सकिन्छ। शिव ढकालले छायांकन गरेको भिडियोलाई तारा थापा ‘किम्व्हे’ले सम्पादन र कुनलले कलर गरेका हुन् । यस अडियो/भिडियोका निर्माता चन्द्र लामा ‘अनुराग’ रहेका छन्। (हिमाली शिरमा) ‘Himali Shirma’ म्यूजिक भिडियो Aadim Aawaz Online TV अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *