काठमाडौं । मिठो स्वरको धनी गायिका सुनिता संयोक लिम्बु र लोक प्रिय गायक भुपेन आवजुङ्गको आवाज संबिर लिबंग र स्मेना आवजुङ्गको अभिनयमा ‘ढाका टोपी गलबन्दी‘ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा भुपेन अवाजुंगको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी गायिका सुनिता संयक लिम्बु र लोक प्रिय गायक भुपेन अवाजुंगको स्वर रहेको छ। म्यूजिक मिडिया धरान डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई टेकेन्द्र याक्सोले संगीत संयोजन गरेका हुन्।
अवाश जुङ्ग माझीको निर्देशन रहेको उक्त भिडियोमा संबिर लिबंग र स्मेना आवजुङ्गको अभिनय देख्न सकिन्छ। आदम लिम्बु र अवाश जुङ्ग माझीले छायांकन गरेको भिडियोलाई आदम लिम्बुले सम्पादन,कलर गरेका हुन् । (ढाका टोपी गलबन्दी) ‘DHAKA TOPI GALBADNI’ म्यूजिक भिडियो Sunita Sanyak limbu अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :