काठमाडौं । आदेश छेत्रीको आवाज,प्रेक्षा बज्राचार्य र आदेश छेत्रीको अभिनयमा ‘तिमी र म’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा आदेश पौडेलको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक आदेश छेत्रीको स्वर रहेको छ। WAVES डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन र अशोक महर्जनले मिक्सिङ / मास्टरिङ गरेका हुन्।
गोपाल आचार्यको निर्देशन रहेको उक्त भिडियोमा प्रेक्षा बज्राचार्य र आदेश छेत्रीको अभिनय देख्न सकिन्छ। हिमाल शर्माले छायांकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन,रेनिश फागोले कलर गरेका हुन् । (तिमी र मा ) ‘TIMI RA MA’ म्यूजिक भिडियो
Juju’s Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । यस अडियो/भिडियोका निर्माता संगीत क्षेत्री रहेका छन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :