Menu Close

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फागुन २७ बाट प्रर्दशनमा आउने

Share

काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो ।

चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, निता ढुङ्गाना ,कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहने छ । राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाँकन ,राम जी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको छ ।चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रलाई फागुन २७ गते प्रर्दशन गरिने भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *