Menu Close

गोविन्द भट्टको ‘सुन माया’ मा शुभम आचार्य र योगिशा खत्रीको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक रबि ओढ र मिठो स्वरकी धनी गायिका बेनिषा पौडेलको स्वर,शुभम आचार्य र योगिशा खत्रीको अभिनय ‘सुन माया’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक रबि ओढ र मिठो स्वरकी धनी गायिका बेनिषा पौडेलको समुधुर आवाजमा ‘सुन माया’ सार्वजनिक भएको छ । रबि ओढ र बेनिषा पौडेलले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै लोक प्रिय सर्जक गोविन्द भट्टले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन्।

गीतमा गोविन्द भट्टको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक रबि ओढ र मिठो स्वरकी धनी गायिका बेनिषा पौडेलको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रंजन राईले मिक्सिङ / मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

देवेन्द्र पाण्डेको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा शुभम आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन,कलर गरेका हुन् । गरिमा फिल्मसले निर्माण गरेको Suna Maya ‘सुन माया’ म्यूजिक भिडियो Garima Films अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *