काठमाडौं। सबैको लोक प्रिय गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका ममता गुरुङको आवाजमा ‘लजाउदै आयौ’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका ममता गुरुङको समुधुर आवाजमा ‘लजाउदै आयौ’ सार्वजनिक भएको छ । किरण भुजेल र ममता गुरुङले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् ।
गीतमा सिइरा आचार्यको शब्द,विषम आचार्यको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका ममता गुरुङको स्वर रहेको छ। सेवा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विषम आचार्यले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
केशब राज भट्टको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा आ किरण भुजेल र ममता गुरुङको अभिनय रहेको छ। राम के.सी.ले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन,कलर गरेका हुन् । Lajaudai Aayau ‘लजाउदै आयौ’ म्यूजिक भिडियो Kiran Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :