काठमाडौं। लोक प्रिय सर्जक सबिता कार्कीको ‘आत्मा अन्तै’ मा लोक प्रिय गायक कमल सुशान्त के.सी.र मिठो स्वरकी धनी गायिका सुनिता बुढाको आवाजमा सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक कमल सुशान्त के.सी.र मिठो स्वरकी धनी गायिका सुनिता बुढा/सबिता कार्कीको समुधुर आवाजमा ‘आत्मा अन्तै’ सार्वजनिक भएको छ । कमल सुशान्त के सी र सुनिता बुढा ले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै लोक प्रिय सर्जक सबिता कार्कीले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएकी छिन्।
गीतमा सबिता कार्कीको शब्द,कमल सुशान्त के सी को संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक कमल सुशान्त के.सी.र मिठो स्वरकी धनी गायिका सुनिता बुढा/सबिता कार्कीको स्वर रहेको छ। मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।
समिर ठोकरको कथा/निर्देशन रहेको उक्त भिडियोमा आशिर प्रताप जंग/सबिता कार्की/राम लोहनी र गोमा न्यौपानेको अभिनय रहेको छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई दीपक बिस्टले सम्पादन,कलर गरेका हुन् । सबिता कार्कीको प्रस्तुती रहेको Aatma Antai ‘आत्मा अन्तै’ म्यूजिक भिडियो Sabita Karki Samari अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :