Menu Close

कृष्ण काफ्लेको ‘हेरेर तिमीलाई नै’ मा रोशन के.सी.र वर्षा सिवाकोटीको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक कृष्ण काफ्ले र मिठो स्वरकी धनी गायिका स्मिता दाहालको स्वरमा ‘हेरेर तिमीलाई नै’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक कृष्ण काफ्ले र मिठो स्वरकी धनी गायिका स्मिता दाहालको समुधुर आवाजमा हेरेर तिमीलाई नै’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र स्मिता दाहालले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै लोक प्रिय सर्जक/गायक लेखु सहयात्रीले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत र आवाज दिएक छन् र नायिका वर्षा सिवाकोटीले दर्जनौं चलचित्र तथा भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएकी छिन्।

गीतमा लेखु सहयात्रीको शब्द,कृष्ण काफ्लेको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक कृष्ण काफ्ले र मिठो स्वरकी धनी गायिका स्मिता दाहालको स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ र रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।

केशब राज भट्टको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा रोशन के.सी.र वर्षा सिवाकोटीको अभिनय रहेको छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन,कलर गरेका हुन् । कृष्ण काफ्लेको प्रस्तुती रहेको Herera Timilai Nai ‘हेरेर तिमीलाई नै’ म्यूजिक भिडियो Krishna Kafle अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *