काठमाडौं। मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वर,गीता ढुंगाना र दिनेश कठायतको अभिनयमा ‘सम्झना’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको समुधुर आवाजमा ‘सम्झना’ सार्वजनिक भएको छ। अस्मिता अधिकारीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायिका हुन् । त्यस्तै लक्ष्यण पाण्डेले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र मोडेलगीता ढुंगाना र दिनेश कठायतले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा लक्ष्यण पाण्डेको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र कमल सौरागले संगीत संयोजन गरेका हुन्।
बिक्रम चौहानको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा गीता ढुंगाना र दिनेश कठायतको अभिनय रहेको छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई लक्ष्यण चौहानले सम्पादन,कलर गरेका हुन् । लक्ष्यण पाण्डेको प्रस्तुती रहेको Samjhana ‘सम्झना’ म्यूजिक भिडियो Laxman Pandey Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :