Menu Close

दिपकराज बिश्वकर्माको ‘ए माया’ मा उषा उप्रेती र नरेश भट्टराईको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं। दिपकराज बिश्वकर्माको संगीत,सबैको लोक प्रिय गायक जीवन परिवेशको स्वरमा ‘ए माया’ सार्वजनिक भएको छ।

चर्चित संगीतकार दिपकराज बिश्वकर्माले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र उषा उप्रेती र नरेश भट्टराईले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा सुमन स्मारिकाको शब्द,दिपकराज बिश्वकर्माको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक जीवन परिवेशको स्वर रहेको छ। अडियो ल्याब डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई दीपकराज बिश्वकर्माले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

युबराज वाईबाको निर्देशन रहेको उक्त भिडियोमा उषा उप्रेती र नरेश भट्टराईको अभिनय रहेको छ। निसल पौडेलले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । जीवन परिवेशको प्रस्तुती रहेको ‘ए माया’ म्यूजिक भिडियो Jeevan Paribesh Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.