Menu Close

निशान भट्टराईको ‘गयौ मलाई छोडेर’ मा बादल घिमिरे र उषा उप्रेतीको अभिनय (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक निशान भट्टराईको स्वर,बादल घिमिरे र उषा उप्रेतीकोको अभिनयमा ‘गयौ मलाई छोडेर’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक निशान भट्टराईको समुधुर आवाजमा ‘गयौ मलाई छोडेर’ सार्वजनिक भएको छ। निशान भट्टराईले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै बादल घिमिरेले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र मोडेल उषा उप्रेतीले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा पुरुषोत्तम बरालको शब्द,पुष्कल खतिवडाको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक निशान भट्टराईको स्वर रहेको छ। अकोउस्टिक नेपाल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ/मास्टरिङ र दिक्षित पौडेल संगीत संयोजन गरेका हुन्।

राजिब समरको कथा एवं निर्देशन रहेको उक्त भिडियोमा बादल घिमिरे र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन,कलर गरेका हुन् । बादल घिमिरेको प्रस्तुती रहेको ‘गयौ मलाई छोडेर’ म्यूजिक भिडियो Badal Ghimire अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *