Menu Close

अर्जुन पोखरेलको शब्द,संगीतमा सुजाता के.सी.को तीज गीत ‘गाएर नाचेर’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सुजाता के.सी.को तीज गीत ‘गाएर नाचेर’ सार्वजनिक भएको छ ।

गीतमा अर्जुन पोखरेलको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुजाता के.सी.को स्वर रहेको छ। ए पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ/मास्टरिङ र अर्जुन पोखरेलले संगीत संयोजन गरेका हुन्।

सन्तोष राजबाहकको निर्देशन,कोरीयोग्राफर रहेको उक्त भिडियोमा उषा उप्रेती/लोशिना लामिछाने/आभा थापा/बिनु शाक्य/रश्मी भट्टको अभिनय देख्न सकिन्छ। राम कुमार के.सी.ले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । आशिया इन्टरटेनमेन्टको प्रस्तुती रहेको तीज गीत ‘गाएर नाचेर’ म्यूजिक भिडियो Sujata KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *