Menu Close

सबिता कार्कीको तीज गीत ‘माइतीघरको आँगनी’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सबिता कार्कीको तीज गीत ‘माइतीघरको आँगनी’ सार्वजनिक भएको छ ।

गीतमा सबिता कार्कीको शब्द,कमल सुशान्त के.सी.को संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियार/सबिता कार्की/पारु खड्का र लोक प्रिय गायक कमल सुशान्त के.सी.को स्वर रहेको छ। 1DB HD स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले मिक्सिङ/मास्टरिङ र कृष्ण बि.क.”भान्जा” ले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा आयुष्मा कार्की/अर्जुन गौतम/समिर बि.क./दुर्गा के.सी.को अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । सबिता कार्कीको प्रस्तुती रहेको तीज गीत ‘माइतीघरको आँगनी’ म्यूजिक भिडियो Sabita Karki Samari अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *