Menu Close

मदन खड्काको निर्देशन/कोरीयोग्राफरमा बिरेन्द्र ढकालको तीज गीत ‘सही बाटो’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिरेन्द्र ढकालको तीज गीत ‘सही बाटो’ सार्वजनिक भएको छ ।

गीतमा बिरेन्द्र ढकालको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्री र अमृता नेपालीको स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ र महेन्द्र भण्डारीले संगीत संयोजन गरेका हुन्।

मदन खड्काको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा भावना आचार्य ‘लुरी’/गङ्गा शर्मा/सुप्रिया खड्काको अभिनय देख्न सकिन्छ। राम के.सी.ले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । ब्लोस्सोम म्यूजिक नेपालको प्रस्तुती रहेको तीज गीत ‘सही बाटो’ म्यूजिक भिडियो Blossom Birendra Dhakal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *