काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले शान्तिश्री परियारको तीज गीत ‘माइती देश प्यारो’ सार्वजनिक भएको छ ।
गीतमा आवष सेन्चुरीको शब्द,राजेन्द्र कडेलको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्तिश्री परियारको स्वर रहेको छ। मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले मिक्सिङ/मास्टरिङ र खडक बाजुरालीले संगीत संयोजन गरेका हुन्।
उत्तम श्रेष्ठ “सिसिर”को निर्देशन,राहुल बराइलीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा समारिका ढकाल/सिर्जना कार्की/अभि सुनार/अनिल थापाको अभिनय देख्न सकिन्छ। नरेश ऐरले छायांकन गरेको भिडियोलाई WRONIT BEESUNGKHE w.i.f.t. ले सम्पादन,कलर गरेका हुन् ।Sairam Pictures को प्रस्तुती र शमशेर श्रेष्ठ निर्माता रहेको तीज गीत ‘माइती देश प्यारो’ को म्यूजिक भिडियो Sairam Pictures अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :