काठमाडौं । लोक प्रिय गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका दिया सुनारको आवाज,रमेश सेन्चुरी र अनिता दियालीको अभिनयमा ‘तिम्रो जीत मा’ सार्वजनिक भएको छ।
गीतमा माक्तेन कालुको शब्द,पुस्कर सुनुवारको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका दिया सुनारको स्वर रहेको छ। मेलोडी नेपाल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर सुनुवारले मिक्सिङ/मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
सुमित लामाको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा रमेश सेन्चुरी र अनिता दियालीको अभिनय देख्न सकिन्छ। सुमन गहतराजले छायांकन गरेको भिडियोलाई सुमित लामाले सम्पादन,कलर गरेका हुन् । मंसुधा मिडियाको प्रस्तुती रहेको ‘तिम्रो जीत मा’ म्यूजिक भिडियो Mansudha Media अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :