काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिशाल सोनीको तीज गीत ‘के पुगेन खै’ सार्वजनिक भएको छ ।
गीतमा प्रकाश पराजुलीको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक बिशाल सोनी र मिठो स्वरकी धनी गायिका रचना रिमालको स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले मिक्सिङ/मास्टरिङ र सुनिल परियारले संगीत संयोजन गरेका हुन्।
स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ। सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन,कलर गरेका हुन् । बिशाल सोनीको प्रस्तुती रहेको तीज गीत ‘के पुगेन खै’ म्यूजिक भिडियो Bishal Sony अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :