काठमाडौं । लोक प्रिय गायक चन्द्र प्रकाश बढुवाल र मिठो स्वरकी धनी गायिका इरानी सुन्दरीको आवाज,टिका सानु/कविराज भाम(मान्छा) र हिक्मत शाही (छितिज)को अभिनयमा देउडा गीत ‘टिम्क्या’ सार्वजनिक भएको छ।
गीतमा चन्द्र प्रकाश बढुवाल/प्रवेश बढुवालको शब्द,चन्द्र प्रकाश बढुवालको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक चन्द्र प्रकाश बढुवाल र मिठो स्वरकी धनी गायिका इरानी सुन्दरी भामको स्वर रहेको छ। बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मनोज डंगोलले मिक्सिङ/मास्टरिङ र बिहानी बि.क.ले संगीत संयोजन गरेका हुन्।
बिनोद बमको निर्देशन/हिक्मत शाही (छितिज)को कथा रहेको उक्त भिडियोमा टिका सानु/कविराज भाम(मान्छा) र हिक्मत शाही (छितिज)को अभिनय देख्न सकिन्छ। राम के.सी.ले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । चन्द्र प्रकाश बढुवालको प्रस्तुती रहेको ‘टिम्क्या’ म्यूजिक भिडियो Tika Sanu अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :