Menu Close

बिमल डाँगी,मधुर गिरी र सरिता डाँगीकोआवाजमा तीज गीत ‘फुलबुट्टे सारी लाएर’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिमल डाँगीको तीज गीत ‘फुलबुट्टे सारी लाएर’ सार्वजनिक भएको छ ।

गीतमा मधुर गिरीको शब्द,बिमल डाँगीको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक बिमल डाँगी,मधुर गिरी र मिठो स्वरकी धनी गायिका सरिता डाँगीको स्वर रहेको छ।मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ र बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।

गोविन्द राईको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सरिता डाँगी/एन्सरि गुरुङ/ बबिता डाँगी/ रचना रानाभाट/अमृता ज्ञवाली/ दिलु राई/अन्जु गुरुङ/मंजु गुरुङ/सुशिला ज्ञवाली /सावित्री नेउपाने /मंजु गैरे /शारदा के सी /सुजिता श्रेष्ठ/माधुरी कार्की/सबिना दवाडी/गीता ढकाल /रुथ्मन गुरुङ/ रबिन गुरुङ /दिनेश डाँगी/बरुण रानाभाट/दिनेश बस्नेत /रामकृष्ण भाट/अर्जुन कुमार कार्की/बद्रि डाँगी/राम बिस्ट/बिजेन्द्र थिंग/पूर्ण छन्त्याल/केशब थापा /कर्म शेर्पा /खिम हमाल /बुद्धिमान तामांग/गोविन्दराज फुलारा/दिल पुन/टिका छन्त्यालको अभिनय देख्न सकिन्छ। शम्भु मोक्तान् ले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । ‘फुलबुट्टे सारी लाएर’ तीज गीतको म्यूजिक भिडियो Bimal Dangi अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *