काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले जय देवकोटाको तीज गीत ‘सरर गैहाल्छ जोबन’ सार्वजनिक भएको छ ।
गीतमा जय देवकोटाको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक जय देवकोटा र मिठो स्वरकी धनी गायिका भाबना आचार्यको स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले मिक्सिङ/मास्टरिङ र संजय श्रीपालीले संगीत संयोजन गरेका हुन्।
गम्विर बिस्टको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा दिलिप ओखेडा/अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन,कलर गरेका हुन् । जय देवकोटाकोको प्रस्तुती रहेको तीज गीत ‘सरर गैहाल्छ जोबन’ म्यूजिक भिडियो Jaya Devkota अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :