काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले शिवा के.सी.को तीज गीत ‘नबोल’ सार्वजनिक भएको छ ।
गीतमा जय देवकोटाको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक जय देवकोटा/चेतन घर्ती मगर र मिठो स्वरकी धनी गायिका शिवा के.सी.को स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले मिक्सिङ/मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
मदन खड्काको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा अर्जुन सापकोटा र जुनु एस.डि.को अभिनय देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । चेतन घर्ती मगरको प्रस्तुती रहेको तीज गीत ‘नबोल’ म्यूजिक भिडियो Chetan Gharti Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :