Menu Close

कुसल सर्जक पवित्रा न्यौपानेको शब्दमा नयाँ गीत “किन आको छेउ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। कुसल सर्जक पवित्रा न्यौपानेको शब्द,सर्बाधिक लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्रीको सुमधुर स्वरमा “किन आको छेउ” सार्वजनिक भएको छ।

गीतमा पवित्रा न्यौपानेको शब्द,दिपेन्द्र खत्रीको संगीत रहेको छ। उक्त गीतमा सर्बाधिक लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्री को सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई यम थापा मगरले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा बिक्रम चौहान/अर्जुन सापकोटा/उषा उप्रेती/मेघा र वर्षाको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । ऋषि कडेलको प्रस्तुती रहेको “किन आको छेउ” म्यूजिक भिडियो Pabitra Neupane अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.