काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले यज्ञ सापकोटाको तीज गीत “घर झगडा भाग-६” सार्वजनिक भएको छ ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायकहरु पशुपति शर्मा,सुन्दर प्रयाश परियार,यज्ञ सापकोटा र गायिकाहरु सम्झना भण्डारी,पुजा देवकोटा,सित्तल कल्पनाकाे समुधुर आवाजमा तीज गीत “घर झगडा भाग-६” सार्वजनिक भएको छ । पशुपति शर्मा,यज्ञ सापकोटाले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । यज्ञ सापकोटाले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र “घर झगडा भाग-१,२,३,४,५” तीज गीतलाई अत्याधिक मन परायर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भयका छन्।
टंक डुम्रेको शब्द,यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक पशुपति शर्मा,सुन्दर प्रयाश परियार,यज्ञ सापकोटा र मिठो स्वरकी धनी गायिका सम्झना भण्डारी,पुजा देवकोटा,सित्तल कल्पनाको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिश्वास नेपालले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको कथा/निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित/आन्शॊ थापा/यज्ञ सापकोटा/टंक डुम्रे/पर्व नाथ र शिखा थापाको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । अकला देवी म्यूजिकको प्रस्तुती रहेको “घर झगडा भाग-६” म्यूजिक भिडियो Yagya Sapkota Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :