Menu Close

टेक बि.सी.र एन्जिला रेग्मीकाे समुधुर आवाजमा “नपरा नक्कल” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। भिम बि.सी.को शब्द,संगीतमा “नपरा नक्कल” सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक टेक बि.सी.र गायिका एन्जिला रेग्मीकाे समुधुर आवाजमा “नपरा नक्कल” सार्वजनिक भएको छ । टेक बि.सी. र एन्जिला रेग्मीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै भिम बि.सी.ले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भयका छन्।

भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टेक बि.सी.र मिठो स्वरकी धनी गायिका एन्जिला रेग्मीको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशव बडूले संगीत संयोजन र श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

काजिश श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा नायक पल शाह र श्रेया बडूको अभिनय रहेको छ। अर्जुन तिवारीले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । टेक बि.सी.को प्रस्तुती रहेको “नपरा नक्कल” म्यूजिक भिडियो Tek BC Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *