Menu Close

खुमन अधिकारी,अर्जुन कुँवर,शान्ती श्री र देवी घर्तिको सुमधुर आवाजमा तीज गीत “जिन्दगीको मज्जा” सार्वजनिक

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले गायत्री थापाको तीज गीत “जिन्दगीको मज्जा” सार्वजनिक भएको छ।

रबिन लामिछानेको शब्द,खुमन अधिकारीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक खुमन अधिकारी,अर्जुन कुँवर (पितृ बुढो) र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियार,देवी घर्ति मगरको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुनिल परियारले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

गायत्री थापाको निर्देशन,मुकेश नेपालीको कोरियोग्राफी रहेको उक्त भिडियोमा खुमन अधिकारी,लोमश शर्मा,ओबी रायमाझी,अन्जली अधिकारी,सारिका के.सी.र अर्जुन कुँवर (पितृ बुढो)को अभिनय रहेको छ। कारण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन,कलर गरेका हुन् । गायत्री थापाको प्रस्तुती रहेको “जिन्दगीको मज्जा” म्यूजिक भिडियो Shiva Darshan Films
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *