काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सुमित्रा कोइरालाको तीज गीत “जालमा पर्यो माकुरी” सार्वजनिक भएको छ।
सुमित्रा कोइरालाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुमित्रा कोइरालाको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
काजिश श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा करिश्मा शाही ठकुरी र गोविन्द भट्टराईको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । सुमित्रा कोइरालाको प्रस्तुती रहेको “जालमा पर्यो माकुरी” म्यूजिक भिडियो Sumitra Koirala युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :