काठमाडौं। संजीव वाईबाको शब्द,संगीतमा “रिसले हो कि मायाले” सार्वजनिक भएको छ।
संजीव वाईबाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका पुर्णिमा लामाको सुमधुर स्वर रहेको छ। अर्पण डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई फणिन्द्र राईले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुनिल बि.क.को निर्देशन/रोशन बिश्वकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा पुष्प खड्का र दिपा शाहीको अभिनय रहेको छ। अर्जुन तिवारीले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन,कलर गरेका हुन्। ABS Filmsको प्रस्तुती रहेको “रिसले हो कि मायाले” म्यूजिक भिडियो ABS FILMS युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :