काठमाडौं। आषिका पोख्रेलको शब्द,अर्जुन गैह्रेको संगीतमा “रातलाई जुनको” सार्वजनिक भएको छ।
आषिका पोख्रेलको शब्द,अर्जुन गैह्रेको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक अर्जुन गैह्रेको सुमधुर स्वर रहेको छ। सुर साधना डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण लामिछानेले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
युबराज पाण्डेको निर्देशन/धुर्ब पौडेलको कथा रहेको उक्त भिडियोमा आषिका पोख्रेल र अर्जुन गैह्रेको अभिनय रहेको छ। युबराज पाण्डेले छायाँङ्कन गरेको भिडियोलाई युबराज पाण्डेले सम्पादन,कलर गरेका हुन्। अर्जुन गैह्रेको प्रस्तुती रहेको “रातलाई जुनको” म्यूजिक भिडियो Arjun Gaihre युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :